मोटरसाइकल दुर्घटनामा घाइते ओलीलाई हेलिकप्टर मार्फत उद्धार

रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ स्थित मध्यपहाडी लोकमार्गमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकजना गम्भीर घाइते भएका छन्। गम्भीर घाइते रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–८ का २७ वर्षीय हेमराज ओलीलाई हेलिकप्टरमार्फत थप उपचारका लागि पोखरा रिफर गरिएको हो। बुधबार बिहान ११:०० बजेतिर रुकुमकोटबाट धौलापहिरातर्फ जाँदै गरेको रा ७ प १२६२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको बा २९…