सशस्त्र प्रहरीद्वारा तीन लाखभन्दा बढीको अवैध सामान बरामद

पर्सा १६ साउन — पर्सामा सशस्त्र प्रहरी बलले भन्सार छली गरी भारतबाट ल्याइँदै गरेको तीन लाखभन्दा बढी मूल्यको अवैध सामानसहित दुईवटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–२५ चण्डालचोकबाट भारतबाट अवैध रूपमा भन्सार छलि नेपालतर्फ ल्याइँदै गरेको कपडा, किराना सामान तथा दुईवटा मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो।…