रुकुम पूर्व सिस्ने गाउँपालिका – ८ स्थित सानो भेरी नदीमा करेन्ट प्रयोग गरेर माछा मार्दै गरेको अवस्थामा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
स्थानीय बासिन्दाबाट प्राप्त सूचनाका आधारमा अस्थायी प्रहरी पोस्ट धपेबाट प्रहरी सहायक निरीक्षक जन्मजय शाहीको कमाण्डमा खटिएको चार सदस्यीय टोलीले उक्त स्थानमा पुगेर कारबाही गरेको हो । प्रहरीले २७ वर्षीय करण रावल र १९ वर्षीय गणेश बुढालाई करेन्ट लगाएर माछा मारिरहेको अवस्थामा करिब ५०० मिटर तारसहित नियन्त्रणमा लिएको जनाएको छ ।
घटनास्थल अस्थायी प्रहरी पोस्ट धपेबाट करिब २ किलोमिटर पश्चिममा पर्दछ । बिहान करिब ७:३० बजे जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वमा जानकारी गराइएपछि थप अनुसन्धानका लागि प्रहरी निरीक्षक लाल बहादुर बिकको कमाण्डमा पाँच सदस्यीय टोली घटनास्थलमा खटिएको थियो ।
पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको र रुकुमकोट जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अगी बढाइएको जिल्ला प्रहरीले जानकारी दिएको छ ।।



































प्रतिक्रिया