रुकुम पूर्व — सिस्ने गाउँपालिका–३ तातोपानीस्थित भित्री कच्ची सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। भने अर्का एकजना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार धाउनेबाट पोखरातर्फ जाँदै गरेको रा ३ प ४५३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिदा एक जनाको मृत्यु भएको हो। सोही दुर्घटनामा सिस्ने–३ पोखराका ४५ वर्षीय दल प्रसाद सुनारको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ।
मोटरसाइकलको पछाडि सवार ३६ वर्षीय उपेन्द्र खत्री भने घाइते भएका छन्। उहाँको ढाड र हातको औलामा चोट लागेको छ भने अवस्था सामान्य रहेको प्रहरी नायब उपरीक्षक (डीएसपी) उमाशंकर प्रसाद यादवले जानकारी दिनुभयो।



































प्रतिक्रिया