रुकुमपूर्वमा हालसालै सम्पन्न अध्ययनले यहाँका पन्छीको अवस्था चुनौतीपूर्ण देखाए पनि जैविक विविधता अत्यन्तै समृद्ध रहेको तथ्य उजागर गरेको छ । वन विज्ञान संस्थानका अनुसन्धानकर्ता विभूषण दाहाल र डिभिजन वन कार्यालय रुकुमपूर्वको टोलीले गरेको यो अध्ययनले चराचुरुङ्गीको वर्तमान स्थिति, मानव गतिविधिको प्रभाव तथा संरक्षणका उपायबारे महत्वपूर्ण जानकारी प्रदान गरेको हो । लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुमपूर्व…