home

करेन्ट लिकेजको खतरा हुनसक्ने हुँदा विद्युत प्राधिकरणद्वारा सावधानी अपनाउन आग्रह



रुकुमपूर्व,– लगातारको झरीसँगै विद्युतीय संरचनाबाट करेन्ट लिक भएर गम्भीर दुर्घटना हुने जोखिम बढेको भन्दै नेपाल विद्युत प्राधिकरण, रुकुमपूर्व वितरण केन्द्रले सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

प्राधिकरणले जारी गरेको अत्यावश्यक सूचनामा भनिएको छ, “वर्षातको समयमा पोल र स्टे–तारबाट करेन्ट लिक हुने सम्भावना उच्च रहने भएकाले यस्ता संरचनामा छोइने काम नगर्नुहोस्।” साथै, पोल ढल्किएको, तार जमिनसँग नजिकिएको वा अन्य कुनै खतरापूर्ण अवस्था देखिएमा तत्काल सम्बन्धित कार्यालयलाई जानकारी दिन पनि अनुरोध गरिएको छ।

सहयोगका लागि सम्पर्क विवरणः

हटलाइन नम्बर: ११५०

नो–लाइट सेवा: ०८८–४१३१४३

वितरण केन्द्र प्रमुख: ९८५७८५४६२९

प्राविधिक तथा सूचना अधिकारी अनिल चौधरी: ९८५८०२५०३८

साथै, प्राधिकरणले सम्भावित दुर्घटनाबाट बच्न स्वयम् सचेत रहन र अन्यलाई पनि सतर्क गराउन आग्रह गर्दै, वर्षायाममा विद्युतसँग सम्बन्धित कुनै पनि असामान्य अवस्थालाई हल्का रूपमा नलिन सबैमा अपिल गरेको छ।

प्रकाशित : १६ असार २०८२, सोमबार, ,