पुथा उत्तरगंगा गाउँपालिकामा शोक बिदा घोषणा, कार्यालय सहायकको असामयिक निधन

रुकुम पूर्व, असार १९ - पुथा उत्तरगंगा गाउँपालिकाले वडा नं. १४ मा कार्यरत कार्यालय सहायक रथ पुनको ३९ वर्षको कलिलो उमेरमा भएको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै एक दिन शोक बिदा घोषणा गरेको छ । गाउँपालिकाले शुक्रबार जारी गरेको शोक वक्तव्यअनुसार स्वर्गीय पुनले आफ्नो सेवाअवधिभर इमान्दारी, लगनशीलता, अनुशासन र सेवाभावका साथ सार्वजनिक सेवा प्रवाहमा…