४ असार, काठमाडौं । जिल्ला प्रहरी कार्यालय कैलालीको विशेष टोलीले २८ जेठमा गोली चलाएर दुईजनालाई पक्राउ गर्यो । रिदम ढुंगाना र मिलन चन्द नाम गरेका दुई युवालाई घुँडामुनि गोली हानेर पक्राउ गरिएको प्रहरीको भनाइ छ । कैलाली प्रहरीका प्रवक्ता डीएसपी राजकुमार सिंहका अनुसार ज्यान मार्ने उद्योगको आरोपमा फरार रहेका उनीहरूलाई पक्राउ गरेर कार्यालय ल्याइँदै थियो…