लुम्बिनी प्रदेश, – पछिल्ला ६ घण्टामा दाङ, बाँके र बर्दियाका विभिन्न क्षेत्रमा अत्यधिक वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। दाङको तुलसीपुर, अम्बापुर र जलकुन्डी, बाँकेको पश्चिम राप्ती र सिक्टा क्षेत्र, साथै बर्दियाको मानपुर वरपर भारी वर्षा मापन गरिएको विभागको तथ्याङ्कमा उल्लेख छ। लगातारको वर्षाका कारण बबई नदी, पश्चिम राप्ती, डुडुवा खोलालगायत साना–ठूला…