रोल्पा — दशकौँदेखि प्रतिक्षामा रहेका थबाङवासी अब केन्द्रीय विद्युतको उज्यालोमा रमाइरहेका छन् । नेपाल विद्युत प्राधिकरणको प्रसारण लाइन आइतबार औपचारिक रूपमा थबाङ गाउँपालिका–१ र २ का गल्चोर, मराङ्थाना र ठुलो गाउँसम्म पुगेको हो । लुम्बिनी प्रदेशका सांसद दिपेन्द्र कुमार पुनले एक विशेष समारोहबीच बटन थिचेर थबाङमा केन्द्रीय विद्युत आपूर्तिको शुभारम्भ गर्नुभयो । कार्यक्रममा सम्बोधन गर्दै…