रुकुम पूर्व । पुथाउत्तरगंगा गाउँपालिका–१ मैकोटकी रञ्जना कामीलाई मंगलबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
सुत्केरी व्यथा लागेर अवस्था गम्भीर बनेपछि बिहान करिब ९:५५ बजे उद्धारका लागि सहयोग मागिएपछि नेपाली सेनाको NA066 नम्बरको हेलिकप्टरले उनलाई उद्धार गरी कर्णाली प्रादेशिक अस्पताल, वीरेन्द्रनगर सुर्खेत लगिएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ ।
उद्धार कार्यमा इलाका प्रहरी कार्यालय रन्मामैकोटका प्रहरी नायब निरीक्षक बलबहादुर नेपालीको नेतृत्वमा चार जनाको टोली खटिएको थियो ।








प्रतिक्रिया