समाचार

रुकुमपूर्वमा अनुमति बिना ड्रोन उडाउन निषेध



रूकुम पूर्व । जिल्ला प्रशासन कार्यालय रूकुम पूर्वले बिहीबार एक सूचना जारी गर्दै अनुमतिबिना ड्रोन उडानलाई निषेध गरेको छ ।

जिल्ला प्रशासन कार्यालय रूकुम पूर्वका अनुसार ९ गते बसेको जिल्ला सुरक्षा समितिको बैठक र मानव रहित उपकरण अर्थात् ड्रोन उडाउन सम्बन्धी कार्यविधि, २०७५ बमोजिम प्रशासनको अनुमति लिएर मात्र ड्रोन उडाउन पाइने भन्दै कडा सूचना जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी सीता परियारको हस्ताक्षर रहेको सूचनामा अनुमति बिना ड्रोन उडाए कानूनी कारबाही गरिने चेतावनी दिइएको छ । ड्रोन उडाउनुअघि अनिवार्य रूपमा सम्बन्धित निकाय वा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर उडानको उद्देश्य स्पष्ट पार्न र नजिकैको प्रहरी वा सुरक्षा निकायलाई जानकारी गराउन समेत आग्रह गरिएको छ ।

प्रकाशित : १४ कार्तिक २०८२, बिहिबार, ,