रुकुम पूर्व, साउन १८ — सिस्ने गाउँपालिका–६ रानीकोटस्थित मध्यपहाडी लोकमार्ग पहिरो पन्छाएपछि पुनः सञ्चालनमा आएको छ। लगातार परेको वर्षाका कारण आइतबार साँझ करिब ६ बजे खसेको ठूलो पहिरोले सडक अवरुद्ध भएको थियो। जिल्ला प्रहरी कार्यालय, रुकुमपूर्वका प्रहरी निरीक्षक लालबहादुर वि.क.को नेतृत्वमा १२ जना प्रहरीको टोली खटिएर पहिरो हटाइएको हो। सडक खुलाउने कार्य प्रहरीको सक्रियतामा छिट्टै…