काठमाडौं । तीजको अवसर पारेर नयाँ तीज गीत “यही त होनी तीजैको लहर” सार्वजनिक गरिएको छ । दुई दिन अघि सार्वजनिक भएको यस गीतका शब्द र संगीत दुवै सुजन बाबु गुरुङकै रहेका छन् ।
गीतमा रुकुमकी चेली कञ्चन पुन मगरसँगै रोजिना बस्नेत र बिन्दु बीसीले स्वर दिनुभएको छ । भिडियोमा आशा घर्ती मगर, उस्मिता मगर र निशा मगरको अभिनय रहेको छ ।
भिडियोको सम्पादन लक्ष्मण चौहानले गरेका हुन् भने छायांकन भक्तपुरमा गरिएको हो । निर्माण लागत करिब चार लाख रुपैयाँ रहेको बताइएको छ ।
निर्मातापक्षका अनुसार गीतले तीजको उल्लास, खुशी र पारिवारिक भावनालाई समेट्दै कोरियोग्राफीमार्फत झन् आकर्षक बनाइएको छ ।








प्रतिक्रिया