रुकुमपूर्व — सिस्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेवत बहादुर बुढाथोकीको बिदाइ कार्यक्रम आज सम्पन्न भएको छ।
२०७८ असोज १७ देखि सिस्ने गाउँपालिकामा कार्यरत बुढाथोकी काठमाडौँ सरुवा भएपछि गाउँपालिकाले बिदाइ तथा “फेरि भेटौँला” कार्यक्रमको आयोजना गरेको हो।
कार्यक्रममा उहाँको इमान्दारिता, सक्रियता र प्रशासनिक दक्षताको प्रशंसा गर्दै सफल भविष्यको शुभकामना व्यक्त गरियो। गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले दोसल्ला ओढाएर र मायाको चिनो प्रदान गर्दै सम्मान गर्नुभयो।














प्रतिक्रिया