रुकुम पूर्वमा डेङ्गु नियन्त्रण अभियान

रुकुम पूर्व — “डेङ्गु लार्भा खोज र नष्ट गरौं” नारासहित स्वास्थ्य कार्यालयको पहलमा सरसफाइ अभियान सम्पन्न भएको छ। शुक्रबार जिल्ला प्रशासन, उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ, मिक नेपाललगायतको सहकार्यमा भएको अभियानमा लार्भा नष्ट गर्दै सचेतना फैलाइएको थियो। प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले सामूहिक प्रयासबाट मात्र डेङ्गु नियन्त्रण सम्भव हुने बताए। अभियानमा प्रहरी, सशस्त्र, बजारवासी…