छिप्रीदहमा बस र ट्याक्टर ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

रुकुमपूर्व, — रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ स्थित छिप्रीदह बजार नजिकैको मध्यपहाडी लोकमार्गमा आइतबार दिउँसो बस र ट्याक्टर आपसमा ठोक्किँदा सवारी दुर्घटना भएको छ। दुर्घटनामा मानवीय क्षति नभए पनि दुवै सवारीसाधनमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ। दुर्घटना दिउँसो करिब १:३० बजे भएको हो। डोल्पाबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ७४७५ नम्बरको यात्रुबाहक…