home

भूमे गाउँपालिकामा कृषि बजारिकरण अन्तरक्रिया कार्यक्रम हुँदै



रुकुमपूर्व — भूमे गाउँपालिका सभा हलमा श्रावण २५ गते “कृषि उपज बजारिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम” आयोजना गरिने भएको छ। बिहान ११ बजे सुरु हुने कार्यक्रममा स्थानीय अगुवा कृषकहरूलाई उपस्थितिका लागि आग्रह गरिएको छ।

कार्यक्रम नेपाल सर्वाङ्गिण विकास समाज, काठमाडौं र मारिङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, भूमेको संयुक्त आयोजनामा गाउँपालिका र कृषि सेवा केन्द्र, खावाङबगरको समन्वयमा हुनेभएको छ।

कार्यक्रममा कृषकको अनुभव, चुनौती, सुझाव, उत्पादनको बजार पहुँच र सहकारीमार्फत समाधानका उपायहरूबारे छलफल गरिनेछ। “सशक्त कृषक, समुन्नत बजार” नारासहितको कार्यक्रममा उपजको उचित मूल्य पाउने उपायहरूमा विशेष जोड दिइने आयोजकले जनाएको छ ।

प्रकाशित : २४ श्रावण २०८२, शुक्रबार, ,