बझाङ, साउन २० — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बझाङको बित्थडचिर गाउँपालिकामा पार्टी संगठन विस्तारको उद्देश्यले एक महत्वपूर्ण भेला सम्पन्न भएको छ। सो भेलाले प्रेम बोहराको अध्यक्षतामा ११ सदस्यीय पालिका समिति सर्वसम्मतरूपमा चयन गरेको हो।
स्थानीय कार्यकर्ता र शुभेच्छुकहरूको उपस्थितिमा सम्पन्न उक्त भेलाबाट बोहराको नेतृत्वमा एक ऊर्जाशील तथा समावेशी कार्यसमिति गठन गरिएको छ। नवगठित समितिले बित्थडचिर गाउँपालिकामा रास्वपाको संगठनात्मक गतिविधि थप सशक्त हुने विश्वास गरिएको छ।
समितिमा उपाध्यक्षमा विनोद धामी, सचिवमा गोविन्द बोहरा, सह–सचिवमा करण ब. बोहरा र कोषाध्यक्षमा भागीरथी जोशी चयन भएका छन्।
त्यस्तै, सदस्यहरूमा पुरिना कु. ढाट, हिरा बोहरा, नरेश महर, दिनेश अधिकारी, मान ब. ढाट र रमेश बोहरा रहेका छन्।
यी सदस्यहरूले पार्टीका नीति, सिद्धान्त र उद्देश्यलाई जनस्तरसम्म पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
भेलाका सहभागीहरूले नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
पार्टीको प्रतिबद्धता स्थानीय जनताको समस्या र आवश्यकतामा केन्द्रित रहेर कार्य गर्ने रहेको जनाइएको छ। उक्त जानकारी सामाजिक न्यायका लागि दलित महाअभियान, भारतका केन्द्रीय सचिव सुशील ओखेडाले दिनुभएको हो।



































प्रतिक्रिया