home

जंगली च्याउ खाँदा एक व्यक्ति बिरामी



रुकुमपूर्वको सिस्ने गाउँपालिका–६, धौलापहिराका ४० वर्षीय अमरजंग शाह जङ्गलली च्याउ खाँदा बिरामी परेका छन्। बिहीबार च्याउ खाएपछि उनलाई बान्ता र पेट दुख्ने समस्या देखिएको थियो।

शुक्रबार बिहान करिब ६:१५ बजे उनलाई उपचारका लागि जिल्ला अस्पताल रुकुमपूर्व, रुकुमकोटमा भर्ना गरिएको हो। जिल्ला अस्पताल रुकुमपूर्वका अनुसार हाल उनको स्वास्थ्य अवस्था मध्यम रहेको छ र उनी बोल्न सक्ने अवस्थामा छन्।

शाहको उपचारमा उनकी श्रीमती हिमकुमारी शाह पनि उपस्थित छिन्। प्रहरीका अनुसार च्याउ विषालु भएको आशंका गरिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित : १७ श्रावण २०८२, शुक्रबार, ,