रुकुम पूर्व को पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. ११ दम्चनमा गए राती विषादी च्याउ खाएर बिरामी भएका एकै घरका ६ परिवारलाई पुथा उत्तरगङ्गा गाउँपालिका स्वास्थ्य शाखाले राती नै घरमै गएर उपचार गरेको छ । राती बिरामी भएको खबर पाए लगत्तै घरमै गएर उपचार गरिएको हो ।
पुथा उत्तरगङ्गा गाउँपालिका स्वास्थ्य शाखा संयोजक कलिवान विष्टका अनुसार राति नै संयोजक विष्टको नेतृत्वमा आधारभुत स्वास्थ्य सेवा केन्द्र दम्चनका प्रमुख जानकी गिरी विष्ट सहितको स्वास्थ्य कर्मी बिरामी परिवारको घरमै गएर उपाचार गरिएको थियो ।
हिजो साझ जङ्गलबाट लिएको विषादी च्याउँ खाएर एकै घरका २ पुरुष र ४ महिला विहोस अवस्थामा रहेका बिरामी उपचार पछि अहिले भने ठिक अवस्थामा रहेको पुथा उत्तरगङ्गा गाउँपालिका स्वास्थ्य शाखा संयोजक कलिवान विष्टले बताउनुभयो ।
गाउँपालिका बासीको जस्तोसकै विपत्तिमा सहजीकरण तथा उपचार गर्न गाउँपालिका सधै तयार रहेको पुथा उत्तरगङ्गा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ध्रुव वि.क. ले बताउनुभयो । रातको समयमा पनि बिरामीको घरमै गएर उपचार गरी बिरामीलाई बचाउन सफल भएकोमा स्वास्थ्य शाखा र आधारभुत स्वास्थ्य केन्द्र दम्चनलाई पुथा उत्तरगंगा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ध्रुव वि.क. ले धन्यवाद दिनुभएको छ । साथै अधिकृत वि.क. ले जङ्गली च्याउले ज्यान सम्म लिन सक्ने भएकोले जङ्गली चाउ खादा ध्यान पुर्याउन अपिल गर्नुभयो ।














प्रतिक्रिया