रुकुम पूर्वको भुमे गाउँपालिका–५, धौलापैरा क्षेत्रमा बुधबार बिहान खसेको पहिरोका कारण अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएको छ।
जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र, रुकुम पूर्वका अनुसार बिहान करिब ६:३० बजे अविरल वर्षासँगै आएको पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध गरेको थियो।
सडक खुलाउन जिल्ला प्रहरी कार्यालय, रुकुम पूर्वका प्रहरी नायब निरीक्षक गोपाल न्यौपानेको नेतृत्वमा १५ जनाको टोली तथा सशस्त्र प्रहरी बल, आश्रित गुल्म रुकुम पूर्वका सशस्त्र प्रहरी नायब निरीक्षक पदम बहादुर पुनको नेतृत्वमा १० जनाको टोली खटिएको थियो।
जम्मा २५ जनाको संयुक्त प्रयास र सिस्ने गाउँपालिकाले पठाएको स्काभेटरको सहयोगमा पहिरो पन्छाएपछि सडक सुचारु भई यातायात सञ्चालनमा आएको केन्द्रले जनाएको छ।














प्रतिक्रिया