स्थानीय सरकार

पुथा उत्तरगंगा गाउँपालिकामा सार्वजनिक सुनुवाइ कार्यक्रम हुने



पुथा उत्तरगंगा गाउँपालिका रुकुम पूर्वले सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गर्ने भएको छ । गाउँ कार्यपालिकाको कार्यालयद्वारा प्रकाशित सूचनाअनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को हालसम्म भएका विकास निर्माण, सेवा प्रवाह तथा कार्यसम्पादन सम्बन्धी विषयमा जनताको गुनासो, सुझाव र प्रतिक्रिया संकलन गर्न उक्त कार्यक्रम गर्न लागिएको हो ।

गाउँपालिकाले जनप्रतिनिधि, उपभोक्ता समिति, टोल विकास संस्था, विभिन्न संघ – संस्था, सामाजिक अगुवा, राजनीतिक दलका प्रतिनिधि, महिला, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्ति, दलित तथा जेष्ठ नागरिक लगायत सबै सरोकारवालालाई कार्यक्रममा उपस्थित हुन आग्रह गरेको छ ।

उक्त सार्वजनिक सुनुवाइ कार्यक्रम चैत १३ गते शुक्रबार बिहान १०:०० बजे वडा नं. १० स्थित चेवाङ्ग चौरमा आयोजना हुने जनाइएको छ । कार्यक्रममार्फत स्थानीय तहको कामप्रति पारदर्शिता बढाउने र सेवाग्राहीका गुनासालाई सम्बोधन गर्ने उद्देश्य राखिएको छ ।

प्रकाशित : ६ चैत्र २०८२, शुक्रबार, ,