रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका – ८ गरालीमा सडक निर्माणका क्रममा स्काईभेटर दुर्घटना भएको छ । शुक्रवार दिउँसो करिब १:५५ बजे गरालीदेखि चुमा जाने सडक खन्ने क्रममा भिरतर्फको माटो अचानक भासिँदा रा १ क १०८३ नम्बरको स्काईभेटर करिब १०० देखि १५० मिटर तल खसेको हो ।
दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । स्काईभेटर चालक जाजरकोट जिल्लाको नलगाड नगरपालिका – ६ निवासी २६ वर्षीय शशि बि.क. सुरक्षित रहेका छन् ।
घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी चौकी जाङ बाट प्रहरी सहायक निरीक्षक प्रेमबहादुर खड्काको कमाण्डमा दुई जनाको टोली खटिएको थियो । घटनास्थल चौकीबाट करिब २ किलोमिटर पूर्वतर्फ पैदल दूरीमा रहेको छ ।
उक्त स्काईभेटर पश्चिम रुकुम कन्स्ट्रक्सन प्रा.लि.को रहेको खुलेको छ। कम्पनीका सञ्चालक रुकुम पश्चिम मुसिकोट नगरपालिका – ११ निवासी निमलाल वली रहेका छन् ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।














प्रतिक्रिया