रूकुम पूर्व । जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वले अवैध हातहतियार नियन्त्रण अभियानअन्तर्गत पौष २४ गते जिल्लाका विभिन्न जंगल क्षेत्रबाट ९ नाल अवैध भरुवा बन्दुक बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय काँक्रीबाट खटिएको प्रहरी टोलीले भूमे गाउँपालिका–३ स्थित ढुसीडाँडाको बनमारा जंगलमा लुकाइछिपाइ राखिएको अवस्थामा ७ नाल भरुवा बन्दुक बरामद गरेको हो। बरामद गरिएका बन्दुकमध्ये १ नाल साबुत अवस्थामा रहेको छ भने ६ नाल बेसाबुत अवस्थामा रहेका थिए।
त्यस्तै, अस्थायी प्रहरी पोष्ट खोपिचारबाट खटिएको प्रहरी टोलीले सिस्ने गाउँपालिका–६ को साँग्रेखोलाबाट २ नाल भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वका सूचना अधिकारी लालबहादुर विकले जानकारी दिए।
प्रहरीका अनुसार उक्त अभियानले आगामी प्रतिनिधि सभा निर्वाचनलाई शान्त, सुरक्षित र निष्पक्ष बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, जिल्ला प्रहरी कार्यालयले ग्रामीण गस्ती (LRP) तथा समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लगेको जनाएको छ।



































प्रतिक्रिया