रुकुम पूर्व । पुथाउत्तरगंगा गाउँपालिकामा राष्ट्रिय सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूका लागि ३ दिने आधारभूत मानसिक स्वास्थ्य तालिम सफलतापूर्वक सम्पन्न भएको छ ।
२०८२ चैत ५ देखि ७ गतेसम्म सञ्चालन भएको तालिम यूएमएन (UMN) क्लष्टर कर्णाली प्रदेश, सुर्खेतको आर्थिक सहयोग तथा नेपाल जनजागरण मञ्च (N-PAF) द्वारा सञ्चालित सामुदायिक रूपान्तरण परियोजना (Pro-Act) फेज–II अन्तर्गत आयोजना गरिएको हो ।
तालिममा मानसिक स्वास्थ्यको आधारभूत अवधारणा, “मन” र “मानसिक स्वास्थ्य” को अर्थ, मनोवैज्ञानिक र सामाजिक पक्ष, समस्या उत्पन्न हुने कारण, लक्षण तथा असर, रोगथामका उपाय र समुदायमा CIDT प्रयोग गरी मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूको पहिचान गर्ने तरिका सिकाइयो ।
कार्यक्रम नेपाल जनजागरण मञ्चका अध्यक्ष टेक बहादुर कुसारीको अध्यक्षतामा, प्रमुख अतिथिका रूपमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत धुर्व बि.क. र स्वास्थ्य सेवा कार्यालय रुकुम पूर्वका प्रमुख पशुपति आचार्यको उपस्थितिमा सम्पन्न भयो । साथै, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख शेर बहादुर बिसी र अन्य सरोकारवालाहरूको पनि सहभागिता रहेको थियो ।
तालिममा कार्यकारी निर्देशक रण बहादुर परियार, जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनिधिहरू, गाउँपालिका स्वास्थ्य शाखाका कर्मचारीहरू र वडा नं. १ देखि १३ सम्मका महिला स्वास्थ्य स्वयंसेविकाहरूको सक्रिय सहभागिता रहेको थियो । सहभागीहरूले तालिम उपयोगी भएको प्रतिक्रिया दिएका छन् ।
कार्यक्रमको समापनमा गाउँपालिकाले मानसिक स्वास्थ्य सेवामा आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।














प्रतिक्रिया