रुकुमपूर्व । रूकुम पूर्वको सिस्ने गाउँपालिका,-६ मा रहेको त्रिभुवन जनता माध्यमिक विद्यालय, छिप्रिदहले शैक्षिक सत्र २०८२ को प्रथम त्रैमासिक परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गरेको छ । विद्यालय परिसरमा सम्पन्न कार्यक्रममा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूको नतिजा प्रकाशन गरी उत्कृष्ट विद्यार्थीलाई अविर लगाएर सम्मान गरिएको छ ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश के.सी. को अध्यक्षमा सुरु भएको कार्यक्रममा स्वागत मन्तव्य शिक्षक सरस्वती थापाले राख्नुभएको थियो । उक्त कार्यक्रममा प्रधानाध्यापक मदनकुमार गौतमले नतिजा सार्वजनिक गर्दै विद्यालयको प्रगति र आगामी योजना प्रस्तुत गर्नुभएको थियो ।
सहायक प्रधानाध्यापक दामोदर बुढाथोकी र शिक्षक मदन शर्माले विद्यार्थीहरूलाई अनुशासन र निरन्तर मेहनतद्वारा उत्कृष्टता हासिल गर्न प्रेरित गर्नुभएको शिक्षक रामचन्द्र दाहालले जानकारी दिनुभएको छ । कार्यक्रममा विद्यार्थी प्रतिनिधि टीका के.सी. ले विद्यालयले सिर्जना गरेको सकारात्मक वातावरणप्रति आभार व्यक्त गरेका छन् ।
कार्यक्रमको सञ्चालन विद्यालयका प्रवक्ता तथा शिक्षक रामचन्द्र दाहालले गर्नुभएको थियो । विद्यालय परिवारका अनुसार उक्त कार्यक्रमले विद्यार्थीहरूमा अध्ययनप्रतिको उत्साह र प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गरेको छ ।















प्रतिक्रिया