समाज

रुकुमपूर्वबाट उत्कृष्ट करदाता कमल बुढा सम्मानित



रुकुमपूर्व । नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गत आन्तरिक राजस्व विभागको करदाता सेवा कार्यालय श्रीनगर, सल्यानले १४औँ राष्ट्रिय कर दिवसका अवसरमा नियमित करदातालाई सम्मान गरेको छ ।

यस क्रममा रुकुमपूर्व, भूमे–२ खाबाङबगरमा सञ्चालित मेनेस्टिक इन्जिनियरिङ मल्टिसर्भिस प्रा.लि. का सञ्चालक कमल बुढामगरलाई नियमित करदाता श्रेणीमा दोस्रो स्थान प्राप्त गर्दै सम्मान गरिएको हो ।

कर व्यवस्थापनमा जिम्मेवार, पारदर्शी र अनुशासित रूपमा योगदान पुर्‍याएको आधारमा उनी उत्कृष्ट करदाताको सूचीमा परेका हुन् । निरन्तर परिश्रम र दायित्वप्रतिको निष्ठाका कारण उनी स्थानीय उद्यमीका लागि प्रेरणादायी मानिएका छन् ।

कर प्रशासनले यस्ता उत्कृष्ट करदाताले करप्रति जनचेतना वृद्धि र दिगो आर्थिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ । सम्मानपछि बुढा मगरले आगामी दिनमा अझ जिम्मेवार र सुदृढ आर्थिक गतिविधि विस्तार गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित : ३ मंसिर २०८२, मंगलबार, ,