लुम्बिनी प्रदेश

रोल्पाको जलजला क्याम्पसमा विद्यार्थीहरूको रक्त समूह पहिचान



रोल्पा, साउन ०९— रोल्पा जिल्लाको लिबाङस्थित जलजला बहुमुखी क्याम्पसमा आज रक्त समूह पहिचान कार्यक्रम सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाको आयोजना र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को व्यवस्थापनमा सम्पन्न कार्यक्रममा क्याम्पसमा दोस्रो सेमेस्टरमा अध्ययनरत २४ जना विद्यार्थीहरूको रक्त समूह परीक्षण गरिएको हो।

कार्यक्रम नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका अध्यक्ष नौलसिंह पुनको अध्यक्षता र क्याम्पस प्रमुख खिम बहादुर खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।

कार्यक्रम सञ्चालन नेपाल रेडक्रसका सदस्य पूर्ण विक्रम घर्तीले गर्नुभएको थियो भने, स्ववियु प्रतिनिधि सुमन विक र क्याम्पस प्रमुख खड्काले कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो। कार्यक्रममा क्याम्पसका प्राध्यापकहरू तथा विद्यार्थीहरूको समेत उल्लेख्य सहभागिता रहेको थियो।

प्रकाशित : ११ श्रावण २०८२, शनिबार, ,