रुकुमपूर्वको अस्थायी सदरमुकामलाई सोमबार स्थायी रूपमा घोषणा गरिएको छ। नेपाल सरकारले राजपत्र प्रकाशित गरी उक्त सदरमुकामलाई स्थायी रूपमा घोषणा गरेको हो।
सदरमुकाम सिस्ने गाउँपालिका–५ र ६ मा पर्ने रुकुमकोट क्षेत्रलाई तोकिएको छ। निर्णय स्थानीय प्रशासन ऐन, २०२८ को दफा ३ को उपदफा (२) अनुसार गरिएको हो। यस सम्बन्धी सूचना २०८२ साल साउन १२ गते, अर्थात सोमबार (आज) प्रकाशित नेपाल राजपत्र (भाग ५) मा सार्वजनिक गरिएको छ।
अबदेखि जिल्ला प्रशासन कार्यालयसहित सरकारी सेवा तथा निकायहरू रुकुमकोटमै केन्द्रित हुनेछन्। राजपत्रमा नेपाल सरकार गृह मन्त्रालयका तर्फबाट सचिव जयनारायण आचार्यको हस्ताक्षर रहेको छ।














प्रतिक्रिया