राजनिती

नेपाली कांग्रेसको बैठक असोज २६ गते बस्ने



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक असोज २६ गते बस्ने भएको छ ।

शनिबार जारी सूचनाअनुसार ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय, वी.पी. स्मृति भवन, वी.पी. नगरमा बिहान १ बजे बैठक सुरु हुनेछ ।

बैठकका लागि पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित सदस्यलाई उपस्थित रहन अनुरोध गरिएको छ । नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनामा सबैलाई निर्धारित समय र निर्देशनअनुसार उपस्थित हुन आग्रह गरिएको छ ।

प्रकाशित : १२ आश्विन २०८२, आइतबार, ,