राजनिती

नेकपा एमाले रुकुम पूर्वको चुनावी टोली मैकोटमा सक्रिय



रुकुम पूर्व । आगामी निर्वाचनलाई केन्द्रमा राख्दै नेकपा एमाले रुकुम पूर्वको उम्मेदवारसहितको टोली हिजो मैकोट पुगेको छ । जनभेटघाट तथा संगठन विस्तार कार्यक्रमअन्तर्गत मैकोट पुगेको उक्त टोलीले स्थानीय जनतासँग प्रत्यक्ष संवाद सुरु गरेको छ ।

टोलीमा प्रतिनिधिसभा प्रत्यक्षतर्फका उम्मेदवार तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य लिलामणि गौतम, केन्द्रीय सदस्य खेममान खड्का, कावा जिल्ला अध्यक्ष गोपाल रेउले, जिल्ला सचिव तेजेन्द्र बुढामगरलगायतका नेता-कार्यकर्ताहरू सहभागी छन् ।

हिजो मैकोटमै जिल्ला कमिटीको सचिवालय बैठक आयोजना गरिने कार्यक्रम रहेको थियो । बैठकमा निर्वाचन रणनीति, संगठनात्मक जिम्मेवारी बाँडफाँड, तथा पार्टी र उम्मेदवारको तर्फबाट तयार पारिएको चुनावी प्रतिबद्धता सहितको “मैकोट घोषणा पत्र २०८२” सार्वजनिक गरिने जानकारी प्रतिनिधिसभा सदस्य उम्मेदवार लिलामणि गौतमले दिएका छन् ।
नेताहरूले जनताको घरदैलोमा पुगेर पार्टीको नीति, कार्यक्रम र भावी कार्यदिशाबारे स्पष्ट जानकारी गराउँदै जनसमर्थन विस्तार गर्ने लक्ष्य लिएको बताएका छन् ।

टोलीको आगमनसँगै मैकोट र आसपासका क्षेत्रमा उत्साहको माहोल देखिएको छ । चुनावी अभियानको औपचारिक सुरुवात, सचिवालय बैठक र घोषणा पत्र सार्वजनिक कार्यक्रमलाई मैकोट तथा पुथा क्षेत्रका बासिन्दाले सकारात्मक रूपमा लिँदै भव्य स्वागत गरेका छन् । यस पहललाई स्थानीय विकास र राजनीतिक सक्रियताका दृष्टिले महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

प्रकाशित : २५ माघ २०८२, शनिबार, ,