भूमे गाउँपालिका–८ पाछावाङका ३६ वर्षीया धनकुमारी रोकाले नाम नखुलेको मुसा मार्ने धुलो औषधि सेवन गरेका छन्। मंगलबार बिहान करिब १० बजे विषादी सेवन गरेपछि उनीलाई स्थानीय मेडिकलमा प्रारम्भिक उपचार गराइएको थियाे।
पछिल्लो समयमा स्वास्थ्य जटिल अवस्था आउन सक्ने भन्दै आफन्तहरूले दिउँसो करिब ३:४५ बजे थप उपचारका लागी जिल्ला अस्पताल रुकुमपूर्व ल्याएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका अनुसार हाल बिरामीको अवस्था बोल्न सक्ने र मध्यम रहेको छ ।














प्रतिक्रिया