home

रुकुमपूर्वमा बेवारिसे बन्दुक बरामत



रुकुमपूर्व । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका–१३ रानिवनस्थित एक ओढारमा लुकाइ–छिपाइ राखिएका चार नाल वेवारिसे भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ। मंगलबार इलाका प्रहरी कार्यालय तकसेराबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा भरुवा बन्दुक बरामत गरेको हो ।

उक्त स्थानबाट प्रहरी नायब निरीक्षकको कमाण्डमा खटिएको पाँच जनाको प्रहरी टोलीले मंगलबार नियमित गस्तीमा खटिँदा ती बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुपूर्वले जनाएको छ । बन्दुक ओढारभित्र लुकाइएका अवस्थामा भेटिएपछि प्रहरीले बरामद गरी आवश्यक मुचुल्का तयार पारेको जनाएको छ।

बरामद गरिएको चारै नाल भरुवा बन्दुकलाई इलाका प्रहरी कार्यालय तकसेरा, रुकुमपूर्वमा सुरक्षित राखिएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ ।

प्रकाशित : ३ भाद्र २०८२, मंगलबार, ,