रुकुमपूर्व। नेकपा माओवादी केन्द्रको सहायक संगठन प्रेस सेन्टर नेपाल सिस्ने गाउँ समितिको पहिलो बैठक सम्पन्न भएको छ । बिहीबार सिस्ने गाउँपालिकाको सभाहलमा उक्त बैठक आयोजना गरिएको हो ।
बैठकले सिस्ने गाउँपालिका समितिलाई पूर्णता दिएको छ । सेन्टरका अध्यक्ष किस्मत शेर्पालीका अनुसार रिक्त रहेको सचिव पदमा महिलाको प्रतिनिधित्व सुनिश्चित गर्दै अनुजा रेउलेलाई सर्वसम्मत रूपमा मनोनित गरिएको छ ।
त्यसैगरी, बैठकले वरिष्ठ सदस्य हुने सचिवालयमा ३ जना सदस्य मनोनित गरेको छ । जसमा विनोद के.सी., दिलकुमारी बुढा र रवि बुढा सर्वसम्मत रूपमा चयन भएका छन् ।
यसअघि ९ सदस्यीय रहेको पालिका समितिमा २ जना थपेर ११ सदस्यीय बनाउने निर्णय गरिएको छ । यस अन्तर्गत निता थापा र जेनिसा शाहलाई सदस्यमा मनोनित गरिएको अध्यक्ष शेर्पालीले जानकारी दिए ।
बैठकले वैकल्पिक (साधारण) सदस्यहरूलाई पनि प्राथमिकता दिएको छ । जसअन्तर्गत इश्वरी लामिछाने, शक्ति विक, दिपा पुन र स्वस्तिका पुनलाई प्राथमिक सदस्यको रूपमा चयन गरिएको छ ।
संगठनले आर्थिक विभाग पनि गठन गरेको छ । यसमा विनोद के.सी.को संयोजकत्वमा नयाँ मनोनित सदस्यहरू जेनिशा शाह र निता थापालाई जिम्मेवारी दिइएको छ ।
बैठक प्रेस सेन्टर नेपाल सिस्ने गाउँ समितिका अध्यक्ष किस्मत शेर्पालीको अध्यक्षतामा सुरु भएको थियो । भने नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीको प्रमुख आतिथ्यता रहेको थियो । विशेष अतिथिमा नेकपा माओवादी केन्द्र सिस्ने गाउँ समितिका अध्यक्ष मनसराम खड्का रहनुभएको थियो ।
त्यस्तै, बैठकमा संगठनका केन्द्रीय सदस्य सर्जना कार्की, लुम्बिनी प्रदेश सचिव जितेन्द्र बुढाथोकी, नेपाल पत्रकार महासंघ रुकुमपूर्वका अध्यक्ष वशन्त बाँठा मगर, संगठनका प्रदेश सदस्य तथा नेपाल पत्रकार महासंघ रुकुमपूर्वका उपाध्यक्ष बालाराम शेर्पाली, संगठनका जिल्ला अध्यक्ष जयमान बुढामगर, उपाध्यक्ष निमा पुन, महासंघका जिल्ला सचिव निराजन शेर्पाली, अखिल क्रान्तिकारीका जिल्ला सचिव अम्मर खत्री लगायतको सहभागिता रहेको थियो ।
बैठकले आगामी दिनमा हुने पत्रकारिता तालिममा सक्रिय सहभागिता जनाउने र पत्रकारिताको माध्यमबाट उत्पीडित वर्गको सशक्त वकालत गर्ने निर्णय पनि गरेको छ ।
बैठकमा संगठनका सदस्य विनोद के.सी. को स्वागत मन्तव्य रहेको थियो भने कार्यक्रमको सञ्चालन प्रेस सेन्टर नेपाल सिस्ने गाउँ समितिकाका कोषाध्यक्ष सिर्जन रसाइलीले गरेका थिए ।














प्रतिक्रिया