समाचार

रुकुम पूर्वमा सामुदायिक वन दिवसमा वृक्षरोपण



रुकुम पूर्व — सामुदायिक वन दिवस २०८२को अवसरमा रुकुम पूर्वमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। आइतबार सिस्ने गाउँपालिका–६ स्थित आला सामुदायिक वन क्षेत्रमा आयोजित उक्त कार्यक्रम सामुदायिक उपभोक्ता महासंघ रुकुम पूर्व तथा शसस्त्र प्रहरी बल आश्रित गुल्म, रुकुम पूर्वको संयुक्त आयोजना थियो।

“समयमै कार्ययोजना नवीकरण गरौँ, सामुदायिक वनलाई गतिशील बनाऔँ” भन्ने नारासहितको कार्यक्रममा महासंघका अध्यक्ष विष्णु देवकोटाले अध्यक्षता गर्नुभयो। डिभिजन वन कार्यालयका प्रमुख गणेश खड्का प्रमुख अतिथि र शसस्त्र प्रहरी बल आश्रित गुल्मका डिएपी संगीत भट्ट विशेष अतिथि रहनुभएको थियो।

कार्यक्रममा प्रदेश महासंघकी प्रतिनिधि बुद्धि कुमारी शर्मा, सामुदायिक वन महासंघ रुकुम पूर्वका अध्यक्ष भीम कान्त उपाध्याय, शुशिला शर्मा तथा शसस्त्र प्रहरी बलका जवानहरू सहभागी थिए। सहभागीहरूले सामुदायिक वनको संरक्षण, व्यवस्थापन र समयमै नवीकरणका लागि सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिएका थिए।

प्रकाशित : २६ श्रावण २०८२, आइतबार, ,