समाज

रुकुमपूर्वमा भीरबाट लडेर एकजना घाइते



रुकुमपूर्व, साउन २० — रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–१४, राङ्सीमा घाँस काट्ने क्रममा भीरबाट लडेर एक जना पुरुष गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका अनुसार ३२ वर्षीय कमान पुन मङ्गलबार बिहान करिब ८ बजे घर नजिकैको बारीमा घाँस काट्ने क्रममा अचानक भीरबाट लडेर घाइते भएका हुन्।

घाइते पुनलाई उपचारका लागि जिल्ला अस्पताल रुकुमपूर्व, रुकुमकोटमा ल्याइएको प्रहरीले जनाएको छ। टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेका कारण उनको अवस्था गम्भीर रहेको बताइएको छ।

घटनापछि इलाका प्रहरी कार्यालय कोलबाट प्रहरी निरीक्षक मान बहादुर घर्तिमगरको नेतृत्वमा तीन सदस्यीय प्रहरी टोली घटनास्थलमा खटिएको थियो। घटनास्थल जिल्ला प्रहरी कार्यालयबाट करिब ५७ किलोमिटर पूर्वतर्फ पर्छ।

प्रकाशित : २१ श्रावण २०८२, मंगलबार, ,