समाचार

रेडक्रस रुकुम पूर्वमा नयाँ नेतृत्व



रुकुम पूर्व — नेपाल रेडक्रस सोसाइटी रुकुम पूर्व जिल्ला शाखाले नयाँ कार्यसमिति पाएको छ। बुधबार रुकुमकोटस्थित बीएलबी होटलमा सम्पन्न निर्वाचन–२०८२ मा १७ पदका सबै उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्।

दामोदर गौतम पुनः सभापति बनेका छन् भने उपसभापति (महिला) मा ओमकुमारी शाही र उपसभापति (खुला) मा लोकेन्द्र बहादुर बुढाथोकी चयन भएका छन्। मन्त्रीमा बसन्त पुन, कोषाध्यक्षमा वामदेव गौतम, उपमन्त्रीमा कमानसिंह खत्री र उपकोषाध्यक्षमा सत्यबहादुर श्रेष्ठ निर्वाचित भएका छन्।

महिला सदस्यमा सिल्पा पौडेल, ज्ञानी ओली र नमिता पुन चयन भएका छन्। खुला सदस्यमा वासुदेव गौतम, मानबहादुर बस्नेत, ऋषिराम शर्मा, मोहनबहादुर केसी, भिमबहादुर खड्का, चित्रबहादुर बिष्ट र टेक प्रसाद समाल रहेका छन्।

निर्वाचन मण्डलका अनुसार सभापति र कोषाध्यक्ष बाहेक अन्य पदमा नयाँ नेतृत्व आएको हो।

प्रकाशित : ३० श्रावण २०८२, बिहिबार, ,