नेपाल रेडक्रस सोसाइटी (नेरेसो) रुकुम पूर्व जिल्ला शाखाले भूमे गाउँपालिका–७ निवासी तथा गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठलाई जिल्लाको पहिलो विशेष सदस्यता प्रदान गरेको छ।
रेडक्रस अभियानप्रति अध्यक्ष श्रेष्ठले देखाएको सक्रियता र योगदानको कदर स्वरूप, जिल्ला शाखाको तेस्रो वार्षिक साधारणसभामा उनलाई विशेष सदस्यता दिइएको हो।
नेपाल रेडक्रस सोसाइटीको विधान २०२० (संशोधन २०४८) अनुसार स्थायी सदस्यता प्राप्त गर्ने प्रक्रियाअन्तर्गत अध्यक्ष श्रेष्ठले नेपाल रेडक्रस सोसाइटी चुन्वाङ उपशाखा मार्फत शाखालाई २५ हजार रुपैयाँ सहयोग गरेका छन्। साथै, रेडक्रसका हरेक गतिविधिमा निरन्तर साथ दिँदै आएका छन्।
कार्यक्रममा प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख मेघ बहादुर श्रेष्ठ र जिल्ला शाखा सभापति दामोदर गौतमले अध्यक्ष श्रेष्ठलाई सम्मानपत्रसहित विशेष सदस्यता हस्तान्तरण गरे।
सो अवसरमा सभापति गौतमले गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठको समाजसेवा र मानवीय कार्यमा गरेको निरन्तर सहयोगले जिल्लामा रेडक्रसका सेवामूलक कार्यक्रमहरू थप प्रभावकारी र मजबुत बनेको उल्लेख गर्दै, आगामी दिनमा पनि उनको सक्रियता निरन्तर रहने विश्वास व्यक्त गरे।



































प्रतिक्रिया