रुकुमपूर्व । सिस्ने गाउँपालिकामा बजार अनुगमनसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । व्यापार, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्ज बाँकेको आयोजनामा र सिस्ने गाउँपालिकाको सहयोगमा शुक्रबार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बजार अनुगमनका क्रममा देखिएका समस्या, उपभोक्ता अधिकार संरक्षण, मूल्य नियन्त्रण, गुणस्तरीय सामानको सुनिश्चितता लगायतका विषयमा छलफल भएको थियो । साथै, विभिन्न समयमा अनुगमनका…