रुकुम पूर्वको सिस्ने गाउँपालिका–६, रानीकोटस्थित मध्यपहाडी लोकमार्गमा आएको पहिरो हटाइएपछि सडक आवागमन पुनः सुरु भएको छ।
बिहीबार दिउँसो करिब १:५० बजे सडक माथिबाट पहिरो खस्दा यातायात पूर्ण रूपमा रोकिएको थियो। घटना लगत्तै जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी तथा प्रहरी निरीक्षक लाल बहादुर वि.क.को कमाण्डमा १५ जना र सशस्त्र प्रहरी बल नेपाल, आश्रित गुल्म रुकुम पूर्वका सशस्त्र प्रहरी निरीक्षक पदम बहादुर पुनको कमाण्डमा १० जना गरी कुल २५ जनाको टोली परिचालन गरिएको थियो।
सक्रिय प्रयासपछि पहिरो पन्छाएर सडक पुनः सञ्चालनमा ल्याइएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र रुकुम पूर्वले जनाएको छ। पहिरो आएको स्थान जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वबाट करिब ६ किलोमिटर पश्चिममा अवस्थित छ।








प्रतिक्रिया