खेदकुद

महिला युरो कपको उपाधि भिडन्त आज



काठमाडौं – महिला युरो कप २०२५ को फाइनलमा आज स्पेन र इङ्ल्यान्ड आमनेसामने हुँदैछन्। खेल नेपाली समयअनुसार राति पौने ९ बजे स्विट्जरल्यान्डको सेंट ज्याकोब पार्क, बासेलमा हुनेछ।

सन् २०२३ को विश्वकप फाइनलमा स्पेनले इङ्ल्यान्डलाई १–० ले हराएको थियो। आजको खेल इङ्ल्यान्डका लागि उपाधि रक्षा र बदला दुबैको मौका हो ।

दुवै टोली कठिन सेमिफाइनल जित्दै फाइनल पुगेका हुन्। इङ्ल्यान्डले इटालीलाई २–१ ले र स्पेनले जर्मनीलाई १–० ले पराजित गरेका थिए। स्पेनका आइताना बोनमतीले ११३औँ मिनेटमा निर्णायक गोल गरेकी थिइन्।

हालसम्म यी दुईबीच १४ खेल भएका छन्। इङ्ल्यान्डले ७, स्पेनले ४ खेल जितेका छन् भने ३ बराबरीमा सकिएका छन्।

विजेताले कोनमेबोल कोपा अमेरिकाको विजेतासँग ‘फाइनलिसिमा’ खेल्नेछ। महिला कोपा अमेरिकाको उपाधिका लागि अर्जेन्टिना, कोलम्बिया, ब्राजिल र उरुग्वे प्रतिस्पर्धामा छन्।

प्रकाशित : १२ श्रावण २०८२, आइतबार, ,