समाचार

जापानबाट रोल्पा दुर्घटनापीडितलाई सहयोग :देश विदेशका नेपाली जुटे



रोल्पाको जलजलामा भएको हृदयविदारक जिप दुर्घटनाले निम्त्याएको पीडामा मानवताको उज्यालो पक्ष झल्किएको छ । पीडित परिवारलाई सहयोग गर्ने उद्देश्यले सुरु गरिएको अभियान अन्तर्गत अध्ययन तथा रोजगारीको सिलसिलामा जापानमा रहेका रुकुमपूर्वसहितका नेपालीहरूले पनि सहयोग जुटाएका छन् ।

जसमध्ये आर्थिक संकलन रु २ लाख ४२ हजार ६९४ संकलन भएको छ, जसले विपत्तिमा परेका परिवारलाई केही राहत र आशा दिएको छ । प्रकाश ओली, शिब बुढाथोकी, सुनिता थापा, बिशेश्वर रेग्मी, युवक शाही, चाहाना सिंह, बिनोद ओली, प्रबिण बुढाथोकी, पुस्तिका रेग्मी, अन्नत सुनार, मनराज बिश्वकर्मा, तुलबिर बुढा मगर, आयुष्मा पुन मगर, सुन्दर शाह, सुन्दर अधिकारी, पंचवीर चौधरी, प्रबिण शर्मा, राजु सुनार, सरोज ओली, बिश्व प्रताप बुढा मगर, जमुना रेग्मी, प्रकाश सुनुवार, मौसम राई, गणेश न्यौपाने, सुबिन ठकुरी, सुनिता शाही ठकुरी, बिनिता थापा क्षेत्री, सुरेश पोखरेल, मनोज मौसम , फिरोज साहीको नेतृत्वमा फुनाबासी युवा क्लब, मनोज मौसम के.सी., हरिभक्त वली, शरद पोखरेल, कमल सोनी, भाइमान बिक, कैलाश थापा, दिनेश बुढाथोकी, निर्मला थापा, पम्फा बुढाथोकी, हरि शाह तथा दिपक शाह, भिम गुरुङ, जोन मुखिया, शिवांश तथा माईसा, नाम नखुलाउने तथा मनीषराज धमालालगायत ४३ जनाले आर्थिक सहयोग प्रदान गरेका छन् ।

त्यसैगरी सिस्ने गाउँपालिका – ५ टाकुराका युवा व्यवसायी तथा समाजसेवी श्रीकुमार बुढाथोकी, सुधा बुढाथोकी तथा चेतकुमार/निराजन बस्नेतसहित दुई परिवारबाट थप रु ५० हजार सहयोग जुटेपछि कुल रकम रु २ लाख ४२ हजार ६९४ पुगेको हो ।

संकलित रकम सिस्ने गाउँपालिकाका पाँच पीडित परिवारलाई वितरण गरिएको छ । जसअनुसार स्व. गोर्ख बहादुर बुढाथोकीको परिवारलाई रु १ लाख ४२ हजार ६९४, स्व. रुक्मिणा थापा बस्नेत, स्व. लक्ष्मी शाह, स्व. मिना बि.क. र स्व. ओम कुमारी बुढाथोकीका परिवारलाई जनही रु २५ हजारका दरले सहयोग प्रदान गरिएको छ ।

यस सहयोग अभियानको नेतृत्व प्रकाश ओली, बिशेश्वर रेग्मी र युवक शाहीले गरेका हुन् । अभियानका अगुवा प्रकाश ओलीले आफूले हालसम्म व्यक्तिगत तथा संस्थागत सहकार्यमा ११ वटा सहयोग अभियान सञ्चालन गरिसकेको उल्लेख गर्दै सानो सहयोगले पनि ठूलो अर्थ राख्ने र यस्ता कार्यले आत्मसन्तुष्टि र गर्व महसुस गराउने बताए ।

देश – विदेशबाट आएको सहानुभूति, माया र साथले पीडित परिवारलाई केवल आर्थिक सहयोग मात्र होइन, मनोबल पनि प्रदान गरेको छ । साथै जितेन्द्र बुढाथोकी, गजेन्द्र मगर, निराजन शेर्पाली, रुबेन बिश्वकर्मालगायत अन्य व्यक्तिहरूले पनि अभियानलाई निरन्तरता दिइरहेका छन् ।

प्रकाशित : ५ जेष्ठ २०८३, मंगलबार, ,