समाज

निर्वाचनको तयारी सुरु : निर्वाचन आयोग



काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुने चुनावको तयारी सुरू भएको जानकारी दिएको छ । आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले मौजुदा कानुनअनुसार चुनावको तयारी सुरू गरेको बताए ।

तर, आवश्यक कतिपय नयाँ प्रावधानका लागि सरकारसँग सहकार्य गरेर अघि बढ्ने उनले बताए । घोषणा भएको मितिमा चुनाव सम्पन्न गराउन हामीले तयारी सुरू गरिसकेका छौं । त्यसका लागि आवश्यक सरसामानहरूको अध्ययन गर्ने काम भइरहेको छ । सबै विषयको अध्ययनपछि निर्वाचन कार्यतालिका बनाएर दल दर्तालगायतका काम सुरू गर्छौं, प्रवक्ता भट्टराईले भने ।

प्रवक्ता भट्टराईले चुनावको तयारी र आवश्यक कानुनका लागि सरकार र आयोगका पदाधिकारीबीच छलफल भइरहेको बताए । निर्वाचनसम्बन्धी नयाँ कानुन पास भइसकेको अवस्था छैन । त्यसैले मौजुदा कानुनअनुसार नै काम सुरू गरेका छौं । सरकार र आयोगका पदाधिकारीबीच छलफल पनि भइरहेको छ । सरकारले केही नयाँ व्यवस्था गरेको खण्डमा त्यसलाई आयोगले कार्यान्वयन गर्छु, उनले भने ।

प्रकाशित : २ आश्विन २०८२, बिहिबार, ,