समाज

खट बनाउँदै गर्दा लडेर एक कामदारको मृत्यु



रुकुम पश्चिमको मुसिकोट–१ मठमा खट बनाउने क्रममा लडेर एक कामदारको मृत्यु भएको छ। बाँफिकोट–२, पिपलका ४० वर्षीय कमल पौडेल ओमप्रकाश देवकोटाको घरमा खट बनाउँदै गर्दा झरेका हुन्।

जिल्ला प्रहरीका अनुसार करिब १० मिटर उचाइबाट खसेका पौडेलको घटनास्थलमै मृत्यु भएको हो। शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले पठाइएको छ।

प्रकाशित : २३ श्रावण २०८२, बिहिबार, ,