समाज

छतबाट लडेर घाइते भएका पाँच वर्षीया बालिकालाई दाङ रिफर



रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका–११ तकसेरामा पाँच वर्षीया भगिता विक घरको छतबाट लडेर गम्भीर घाइते भएका छन्।

सोमबार साँझ करिब ५ बजे करिब ४–५ मिटर तल खसेका बालिकालाई बेहोस अवस्थामा जिल्ला अस्पताल रुकुमपूर्व लगिएको थियो। अवस्था गम्भीर भएपछि राति ११:५० बजे दाङ रिफर गरिएको थियो।

मंगलबार दिउँसो १:४५ बजे घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ।

घटनाको जानकारी साँझ ६:३० बजे इलाका प्रहरी कार्यालय तकसेरामा पुगेपछि प्रहरी नायब निरीक्षक गेहेन्द्र गिरीको नेतृत्वमा प्रहरी टोली खटिएको थियो।

प्रकाशित : २१ श्रावण २०८२, मंगलबार, ,