रुकुमपूर्व — पुथा उत्तरगङ्गा गाउँपालिकाको ४७औं कार्यपालिका बैठक यही कात्तिक २ गते तातोपानीमा बस्ने भएको छ । गाउँपालिकाका अध्यक्ष पुनबहादुर बुढाको आह्वानमा बस्न लागेको यो बैठकलाई आगामी योजनाको समन्वय, आन्तरिक व्यवस्थापन तथा कार्यसम्पादन मूल्यांकनका दृष्टिले अत्यन्त महत्वपूर्ण मानिएको छ ।
गाउँपालिकाले जारी गरेको सूचनाअनुसार बैठक बिहान ११:०० बजे, गाउँपालिका–६, तातोपानीस्थित सभाहलमा आयोजना हुनेछ । बैठकमा चालु आर्थिक वर्षका कार्यक्रमको समीक्षा, सदस्यहरूको उपस्थिति, व्यवस्थापकीय चुनौती र विविध विषयमा निर्णय हुने जनाइएको छ ।
गाउँपालिकाले सबै कार्यपालिका सदस्यहरूलाई तोकिएको मिति, समय र स्थानमा अनिवार्य रूपमा उपस्थित हुन अनुरोध गरेको छ ।








प्रतिक्रिया