स्थानीय सरकार

नाथिगार मेलाको अवसरमा सिस्ने गाउँपालिकामा स्थानीय बिदा



रुकुमपूर्व – सिस्ने गाउँपालिकाले कार्तिक २७ गते बिहीबारका दिन स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको मिति २०८२ साल कार्तिक २३ गते बसेको बैठक अनुसार  बिदा दिने निर्णय गरिएको हो ।

गाउँपालिकाको वडा नं. ७ नाथिगारमा परम्परागत रूपमा मनाइँदै आएको ठूलो तथा ऐतिहासिक नाथिगार मेलाको अवसरमा यो निर्णय गरिएको गाउँपालिका कार्यालयले जनाएको छ ।

उक्त दिन सिस्ने गाउँपालिकाका सबै कार्यालय, मातहतका वडा कार्यालयहरू, विद्यालय तथा स्वास्थ्य संस्था बन्द रहनेछन् ।

सिस्ने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रसाद यादवद्वारा जारी गरिएको सूचनामा, नाथिगार मेलाको ऐतिहासिक र सांस्कृतिक महत्वलाई सम्मानस्वरूप एक दिनको स्थानीय बिदा दिने निर्णय गरिएको उल्लेख गरिएको छ ।

प्रकाशित : २७ कार्तिक २०८२, बुधबार, ,