शिक्षा

जन जागृती मा.वि., महतमा सामाजिक लेखापरीक्षण तथा सार्वजनिक सुनुवाइ सम्पन्न



रुकुमपूर्व, भूमे–६ । श्री जन जागृती माध्यमिक विद्यालय, महतमा सामाजिक लेखापरीक्षण तथा सार्वजनिक सुनुवाइ कार्यक्रम शुक्रबार सफलतापूर्वक सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै शिक्षक चन्द्रबहादुर बुढाले विद्यालयको सर्वाङ्गीण विकासका लागि सबै सरोकारवालाको सहकार्य अपरिहार्य रहेको बताउनुभयो ।

त्यसैगरी, अभिभावक प्रतिनिधि आसपुरी बुढाले बालबालिकाको हितका लागि अभिभावक सधैँ तत्पर रहने प्रतिबद्धता जनाउँदै विद्यालयमा छात्रावास स्थापनाको आवश्यकता औँल्याउनुभयो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष साबित्रा बुढाले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक, अभिभावक र समुदायबीचको संयुक्त प्रयास अनिवार्य रहेकोमा जोड दिनुभयो।

त्यस्तै कार्यक्रममा भूमे-६ का वडाध्यक्ष बिक्रम पुनले विद्यालय र समुदायबीचको समन्वयलाई थप बलियो बनाउन अभिभावकहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभएको छ ।

कार्यक्रमको समापन गर्दै शिक्षक अभिभावक संघका अध्यक्ष सुवर्ण सुनारले सामाजिक लेखापरीक्षणले विद्यालयको वित्तीय पारदर्शिता सुनिश्चित गर्नुका साथै शैक्षिक प्रगतिको मूल्यांकन गर्न सहयोग पुर्‍याउने बताउनुभयो । उहाँले अभिभावक, शिक्षक र समुदायबीचको सुदृढ सहकार्यले मात्र विद्यालयको समग्र विकास सम्भव हुने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रम शिक्षक अभिभावक संघ समितिका अध्यक्ष सुवर्ण सुनाएको अध्यक्षतामा सम्पन्न भएको थियो । भने वडाध्यक्ष बिक्रम पुन प्रमुख आतिथ्यता रहेको थियो ।

त्यस्तै, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सबित्रा बुढा विशेष अतिथि रहनुभएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुदिप श्रेष्ठ, कोइचा पर्वत साना किराना पसलका प्रबन्धक राजेश बुढा, शिक्षक, अभिभावक तथा समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

विद्यालय प्रशासनका अनुसार कार्यक्रम अत्यन्तै फलदायी र सफलतापूर्वक सम्पन्न भएको छ ।

प्रकाशित : २२ कार्तिक २०८२, शुक्रबार, ,