खेदकुद

मुसिकोट हेरिटेज रनको उपाधि दुर्गाबहादुर बुढालाई



रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोटमा आयोजित ‘मुसिकोट हेरिटेज रन’ प्रतियोगितामा रुकुम पश्चिमका दुर्गाबहादुर बुढाले २८ किलोमिटर दूरी १ घण्टा ५२ मिनेट ४७ सेकेन्डमा पूरा गर्दै उपाधि हात पारेका छन् ।

बिहीबार राप्ती साहित्य परिषद्, रुकुम पश्चिमद्वारा आयोजित प्रतियोगितामा २३ जना सहभागी भएका मध्य सिस्ने–४, रुकुम पूर्वका पञ्चराम बुढा दोस्रो र भूमे गाउँपालिका–३, रुकुम पूर्वका शक्तिराम रोका तेस्रो भएका छन् ।

विजेतालाई क्रमशः २५ हजार, २० हजार र १५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो । सान्त्वना स्थानमा पुगेका भुवन केसी र विशाल तामाङले ५–५ हजार रुपैयाँ पुरस्कार पाएका थिए ।

दौड मुसिकोट–५ स्थित डिग्रे शाइकुमारी भगवती मन्दिर परिसरबाट सुरु भई विभिन्न ऐतिहासिक स्थल हुँदै पुनः सोही स्थानमा सम्पन्न भएको थियो ।

प्रकाशित : १२ भाद्र २०८२, बिहिबार, ,